ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत एक महिला कर्मचारी लेलेको जंगलमा मृत फेला परेकी छिन् ।

ल.पु महानगरपालिका भैंसेपाटीकी ३९ वर्षीय गीता केसीको शव गोदावारी नगरपालिका-१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।

ललितपुर महिलाको शव

ल.पु प्रहरीले हत्यामा संलग्न भएको आशंकामा केसीका भतिजा निर्मल केसीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

ललितपुर

प्रारम्भिक अनुसन्धानबाट गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर जावलाखेलमा लिखित उजुरी दिएको थियो ।

खोजतलासका क्रममा शुक्रबार साँझ लेलेको जंगलमा मुख्य सडकबाट दुई सय मिटरभित्र शव भेटिएको थियो । शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

हत्याको कारणबारे पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र थप भन्न सकिने महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Home

Source: TV Annapurna

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here